बुटवल उपमहानगरले स्थानीय पाठ्यक्रम अनुरुपका नयाँ पाठ्यपुस्तक सार्वजनिक
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरले स्थानीय पाठ्यक्रम अनुरुपमा नयाँ पाठ्यपुस्तक तयार पार्दै सार्वजनिक गरेको छ ।
शैक्षिक उद्देश्य प्राप्तिका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउनेगरि पाठ्यपुस्तक तयार पारिएको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
स्थानीय मौलिकता, पहिचान र महत्वलाई बुझाउँदै माटो अनुरुपको उचित शिक्षाको खाँचो रहेको उल्लेख गर्दे प्रमुख सुवेदीले बुटवल र सेरोफेरोको ऐतिहासिक महत्व झल्काउनेगरि पुस्तक बनाइएको बताउनुभयो ।
बुटवलको पाँच वर्षे शैक्षिक योजना अन्र्तगत सबै सामुदायिक विद्यालयहरुलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेटिएको छ । यो एक सय पूर्णाङ्क पाठ्यपुस्तक हो ।
स्थानीय पाठ्यक्रमका आधारमा तयार पारिएका पाठ्यपुस्तकहरु बुटवल उपमहानगरमा रहेका ३८ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालयहरुमा पढाई हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्