तपाईँ सुन्दै हुनुहुन्छः

नगबासीलाई तीन तहको ६० हजार थान माक्स तथा साबुन वितरण

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले नगरपालिकाका सम्पूर्ण जनतालाई कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित राख्नका लागि तीन तहको कपडाको माक्स र नुहाउने साबुन वितरण गर्न थालेको छ ।

नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मको ११ हजार ४६ घरधुरीका ५ वर्ष माथि सम्पूर्ण जनतालाई तीन तहको माक्स वितरण गरिने नगरपालिकाले जनाएको छ ।

११ लाख मूल्य बराबरको ६० हजार थान तीन तहको माक्स र ६ लाख ७६ हजार मूल्य बराबरको २२ हजार पिस लाइफवाइ साबुन समेत वितरण गर्न थालिएको र साबुन प्रति घरधुरी २ पिसका दरले वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरका प्रत्येक नागरिकलाई कोभिड १९ बाट सुरक्षित राख्नु नगरपालिकाको दायित्व रहेकाले माक्स र साबुन वितरण कार्य गरिएको नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनु भयो । मानिसको स्वास्थ्य राम्रो भए मात्र त्यसले राम्रो प्रगति गर्न सक्ने भएकाले स्वास्थ्य क्षेत्र राम्रो बनाउनका लागि नगरपालिकाले काम गरिरहेको समेत उहाँले बताउनु भयो ।

यस अघि नगरपालिकाले कोडिभ अस्थाई अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा २४ सैं घण्टा सेवा दिने गरी आकस्मिक स्वास्थ्य सेवा समेत सूचारु ग्रिएको नगर प्रमुख मिश्रले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button