बाँकेमा फेरि अर्का एक कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज। बाँकेमा उपचारका क्रममा फेरि अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ का ३२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
गएराति मात्रै बर्दियाका २ जना र दाङका एक जनाको बाँकेमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्