तपाईँ सुन्दै हुनुहुन्छः

‘बजेट अनुसारको परिणाम देखिनुपर्छ’

सुनसरी । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताएका छन ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज भएको प्रदेश स्तरीय अस्पतालहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए ।

प्रदेश १ ले चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरुलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले बताए ।

पछिल्लो अढाई वर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवस्यक रहेको मन्त्री घिमिरेले जनाए ।

स्वास्थ्य बीमालाई समेत प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई घर घरमा गएर बीमा गर्न मन्त्री घिमिरेले भने उनले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियू सहितको ५ सय बेड विस्तारको तयारी गरिरहेको समेत बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेकी छिन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button