‘खाडी नजाऔँ झाडी पसौँ’ भन्ने नाराका साथ मल बनाउने अभियान सञ्चालन

पाल्पा । पाल्पाको रामपुरका किसानहरुले गाउघरमै मल बनाउने अभियान सञ्चालन गरेका छन् ।
‘खाडी नजाऔँ झाडी पसौँ’ भन्ने नाराका साथ जैविक प्राङ्गारिक मल तथा विषादी बनाएर खेतबारीमा प्रयोग गर्ने अभियान सञ्चालन गरेको किसानहरुले बताएका छन् ।
गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारा लगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेको र दिन प्रतिदिन रासायनिक मल, विषादीको प्रयोगले खेतबारीको उर्वराशक्ति नै नाश गरेको भन्दै किसानहरुले जैविक प्राङ्गारिक मल तथा विषादी बनाएर खेतबारीमा प्रयोग गर्ने अभियान सञ्चालन गरेका हुन ।
सघाहा गाउँका कृषकहरु मिलेर गत वर्षदेखि गाउँमा खेर गएका असुरो, तितेपाती, खिर्राे, वनमारा लगायतका विभिन्न बोटविरुवाको प्रयोग गरी जैविक प्राङ्गारिक मल तथा विषादी बनाएर खेतबारीमा प्रयोग गर्ने गरेका छन् ।
‘खाडी नजाऔँ झाडी पसौँ’ भन्ने अभियानका साथ वनजङ्गल, गाउँघर वरिपरिका झाडीलाई सफा गरी खेर गएका तितेपाती, असुरो, वनमारा, खिर्रो जस्ता वानस्पतिक पदार्थलाई मिश्रण गरी प्राङ्गारिक मल तथा झोल मल बनाउने गरिएको अगुवा कृषक ऋषिराम अर्यालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्