सरकारी जग्गा संरक्षणको माग गर्दै जारी अनसन अन्त्य
जनकपुरधाम । सरकारी जग्गाको संरक्षणको माग गर्दै जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा हिजोदेखि शुरु गरिएको २४ घण्टे अनिश्तिकालीन अनसन मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको पहलमा आजदेखि अन्त्य भएको छ ।
सिरहाको गोलबजार वडा नंं ९ र १० को अरवौ मूल्य पर्ने सरकारी तथा वन क्षेत्रका जग्गा विभिन्न भूमाफियाहरुले कब्जा गरेको भन्दै ती जग्गाहरुको संरक्षणको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय क्षेत्रमा धर्ना दिनका लागि संघर्ष समितिका पदाधिकारीसहित स्थानीयबासी आएपनि उक्त क्षेत्र निषेधित भएकाले वाह्र विघा रङ्गभूमि मैदानमा धर्नामा बसेका थिए ।
मुख्यमन्त्री लालबाबु राउतको पहल तथा प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलको समन्वयमा पहल भएपछि संघर्ष समितिले प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायलाई आज ज्ञापनपत्र दिएपछि अनिश्चित कालिन धर्ना अन्त्य भएको छ ।
अरबौ मूल्य पर्ने साँढे तीन विघा भन्दा बढी जग्गा विभिन्न भूमाफियाहरुले कब्जा गरेर स्थायी संरथनाको निर्माण गरेकाले निर्माण कार्य रोक्नका लागि तत्काल पहल गर्नका लागि प्रदेश सरकारसंग ज्ञापनपत्र मार्फत संघर्ष समितिले माग गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र कुमार यादवले संघर्ष समितिले राखेको माग प्रति मुख्यमन्त्री गंभिर रहनु भएको बताउँदै वन तथा सार्वजनि क्षेत्रको जग्गा व्यक्ति विषेशले कब्जा गर्न खोज्नु दुभाग्यपूर्ण भएको बताउदै अतिक्रम तत्कालै हटाउने बताउनु भयो ।
जग्गा खाली गराउनका लागि डिभिजन वन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सिरहाले प्रभावकारी कदम नचालेका कारणले दिन रात ती जग्गाहरुमा घरको निर्माण गर्ने काम भईरहेको संघर्ष समितिका सदस्य लक्ष्मण यादवले जानकारी दिनु भयो ।
सिरहाको गोल बजारवाट दर्जनौका संख्यामा आएका सरकारी जग्गा बचाउ अभियान संघर्ष समितिका अभियानी तथा स्थानीय बाँसीहरु हिजो नारा जुलुस सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धर्ना दिनका लागि जाँदा प्रहरीले रोकेपछि उहाहरु विघा रङ्गभूमि मैदानमा धर्नामा वस्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्