तपाईँ सुन्दै हुनुहुन्छः

विजुलीको तार चुडिएर बसमा करेन्ट प्रवाह, एक दर्जन यात्रु घाइते

बीरगंज । पर्साको सखुवाप्रसौनिमा गुडिरहेको सार्वजनिक बसमा ११ हजार भोल्टको बिद्युतको तार चुडिएर खस्दा करेन्ट लागेर बसको छतमा सवार एक दर्जन यात्रु घाइते भएका छन भने एक जना महिलाको अवस्था गम्भिर रहेको छ ।

बीरगंजबाट ठोरीतर्फ तिव्रगतिमा गइरहेको ना१त १३१ नम्बरको टिप्परले विद्युत पोलमा ठक्कर दिँदा अचानक तार चुडिएर गुडिरहेको बसको छतमा खसेपछि बसमा करेन्ट सञ्चार भएको थियो ।

बसमा करेन्ट लागेपछि यात्रुहरु छतबाट हाम फाल्ने तथा उत्रने क्रममा केही घाइते भएका र केहीलाई करेन्ट समेत लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका मध्ये पर्सा औराहा पचगवा निवासी जागमति देविको अवस्था गम्भिर रहेकोले उनलाई उपचारको लागि बिरगंज ल्याइएको स्थानीय प्रदिप चौरसियाले जानकारी दिनुभयो

अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएको छ । बिद्युत पोलमा ठक्कर दिने टिप्पर र चालकलाइ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button