सप्तरीबाट लागू औषध र स्रोत नखुलेको एक लाख रकमसहित दुई जना पक्राउ

सप्तरी । लागूऔषध र स्रोत नखुलेको रु.१ लाख रकमसहित सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नं. २ का ३५ वर्षीय व्रिटिस थापा मगर र वडा नं. १ का ३० वर्षीय भुमिराज थापा रहेका छन् ।
उनीहरुलाई हनुमाननगर कंकालिनी नगरपालिका– १४ को रामपुरमल्हनियास्थित बेरियाघाटबाट प्रहरीले पक्राउ गरेको हो ।
स ८ प ९०९५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा पछाडि सवार भुमिराजको साथवाट लागुऔषध र श्रोत नखुलेको रकम बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरी चौकी रामपुरमल्हनियाका असई रामनजी यादवले बताउनुभयो ।
उनीहरुको साथबाट डाईजिल्याब, फेनारगन, लुपिजेसिक लगायतका लागूऔषध तथा करिव एक लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्