बिरगंजबाट स्रोत नखुलेको १६ लाखसहित एक जना पक्राउ

वीरगञ्ज । बिरगंजमा आज बिहान स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिकावडा नम्बर ८, माईस्थान चोकबाट १६ लाख रकमसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ना.६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले माईस्थान चोकमा चेकजाँच गर्दा जैनलाई १६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको पन्तले बताउनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्