पर्सा र बाराका थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज, । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पछिल्लो पिसिआर परीक्षणको क्रममा पर्सा र बाराका गरी थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पर्साको विभिन्न स्थानबाट संकलन गरी ल्याइएको ८० जनाको स्वाब परिक्षण गर्दा पर्साका ६ र बाराका दुई गरी थप आठ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा एक जना महिला र सात जना पुरुष रहेका छन् ।
पर्सामा सङ्क्रमण पुष्टि भएकाहरु बीरगंज महानगरपालिका वडा नम्बर ३, १० र १५ का एक÷एक जना रहेका छन् भने पर्साको ग्रामिण क्षेत्र छिपहरमाई गाउँपालिका वडा नम्बर १, पोखरिया नगरपालिका वडा नम्बर १ र पकाहामैनपुर गाउँपासलका वडा नम्बर ४ का एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ र सुवर्ण गाँउपालिका वडा नम्बर ३ का एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि भएकाहरु १८ देखि ८५ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १५ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्