तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका ९६ वर्षीय कोरोना संक्रमित वृद्धको चितवनमा मृत्यु

तनहुँ । तनहुँका कोरोना संक्रमित एक वृद्धको उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको छ ।

अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–१४ का ९६ वर्षीय वृद्धको आइतबार दिउँसो २ः५० बजे मृत्यु भएको हो ।

कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई कलेजको कोभिड कक्षको आईसीयूमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको उहाँले बताउनुभयो । डा. लम्सालका अनुसार वृद्ध उच्च रक्त चापबाट पनि ग्रसित थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button