तपाईँ सुन्दै हुनुहुन्छः

चोरी गरी भित्र्याएको आरोपमा कार र स्कारपियो बरामद

वीरगञ्ज । अवैध रुपमा भारतबाट चोरी पैठारी गरी भित्र्याइएका दुई वटा भारतीय नम्बरका कारलाई पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ ।

भारतीय नम्बरको गाडीहरु चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा विगत लामो समयदेखि अनाधिकृत रुपमा चलाईरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले खोजतलासको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० ठाकुर राम क्याम्पस अगाडीबाट भारतीय विआर ०५ डब्लु ५२८३ नम्बरको एक थान कार डिएल ९ सि ५६४४ नम्बरको एक थान स्कारपियोसहित दुई वटा गाडीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका गाडीको बीस लाख मुल्यांकन गरी थप कारवाहीका लागि वीरगञ्ज भन्सार पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button