ईलाका प्रशासन कार्यालय कञ्चनपुरमा १३ दिनपछि सेवा सुचारु
सप्तरी । सप्तरीको कञ्चनपुरमा रहेको ईलाका प्रशासन कार्यालय १३ दिनपछि सेवा सुचारु भएको छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्तिक १२ गते सूचना जारी गर्दै दैनिक कार्यहरु बन्द गरको थियो । कार्यालयले आज एक सूचना जारी गर्दैै कार्यालय सञ्चालनमा ल्याएको हो ।
नयाँ र प्रतिलिपि नागरिकता जारी गर्ने २० जनालाई मात्र, समावेशी प्रमाणित गर्ने १५ जनाको मात्र राहदानीको आवेदन संकलन गर्ने ७ जनाको मात्र र माग अनुसारको राहदानी वितरण गरिने जनाइएको छ । सूचनामा सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धि सतर्कता अपनाउन आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्