तपाईँ सुन्दै हुनुहुन्छः

तिहारसम्मको लागि मालपोत कार्यालय, सिन्धुपाल्चोकको सेवा बन्द

सिन्धुपाल्चोक । मालपोत कार्यालय, चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । आज एक सुचना जारी गर्दै कार्यालयले भोली कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो ।

निमित्त कार्यालय प्रमुख गोवर्धन ढकालद्वारा जारी विज्ञप्तीमा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी कन्ट्याक ट्रेसिङमा परेकोले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।

सबै कर्मचारीको कोरोना परिक्षण गरिने र त्यसको लागि कार्यालय बन्द गर्नुपरेको सुचनामा उल्लेख छ । बाँकी कर्मचारीको नेगेटिभ रिपोर्ट आएमा पनि अब कार्यालय मंसिर २ गतेबाट मात्र सञ्चालनमा आउनेछ ।

कार्तिक २९ गते शनिबार परेको र त्यसपछि तिहार विदा हुने भएकोले अब मालपोतको काम तिहारपछि मात्रै हुने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button