बाँकेमा थप ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगन्ज । बाँकेमा आज थप ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २० पुरुष र १७ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ५९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
जिल्लामा कोरोना निको हुने दर ९०.१८ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ९८ जना छन् । बाँकेमा हालसम्म ३ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्