तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बी एण्ड सी हस्पिटलमा मुटुको उपचार सेवा शुरु

भद्रपुर, झापा । झापाको बी एण्ड सी हस्पिटलमा मुटु रोगको उपचार शुरु भएको छ ।

अस्पताल प्रशासनले शनिबार पत्रकार सम्मेलन गरी मुटु रोगको उपचार सेवा शुरु गरिएको जनाएको हो ।

मुटु रोगीको उपचारका लागि क्याथल्याव शुरु गरिएको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर उमेश यादवले बताए । क्याथल्याव सुरु भएसँगै अस्पतालले ६ जना विरामीको उपचार भइरहेको जनाएको छ ।

पूर्वी नेपालको एउटा सुविधा सम्पन्न र प्रतिष्ठित स्वास्थ्य प्रतिष्ठानका रुपमा अस्पतालले बिरामीलाई विभिन्न रोगको उपचार सेवा दिँदै आएको छ ।

अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्थापनसँगै मुटु रोगको उपचार सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिनुभयो । उहाँले निकट भविष्यमै कानूनी प्रक्रिया पुर्याएर मुटु प्रत्यारोपण सेवा पनि सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

अहिले मुटुरोगी उपचारका लागि भारतको दिल्ली, भेल्लोर वा काठमाडौँ जाँदै आएका छन् । बिरामीको सुविधालाई ध्यानमा राखेर ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा क्याथल्याव सेवा सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक प्रसाईले बताउनुभयो ।

मुटु रोगको उपचारका लागि भारतको चेन्नाईस्थित प्रसिद्ध अस्पतालबाट आएका वष्ठि मुटु रोग विशेषज्ञ डाक्टर अबनकुमार र उनको पाँच सदस्यीय टोली पनि रहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button