तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबास अस्पताललाई एक थान पिसिआर मेसिन प्रदान

बर्दिवास । महोत्तरीको बर्दिबास अस्पताललाई रोटरी क्लब बर्दिबासले एक थान पिसिआर मेसिन प्रदान गरेको छ ।
रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिबासलाई प्राप्त स्वास्थ्य उपकरणहरू १ थान पिसिआर मेसिन, १ थान ल्यापटप र १ थान युपिएस अस्पताललाई प्रदान गरिएको रोटरी क्लब बर्दिबास सेक्रेटरी बिष्णु पुरीले बताउनुभयो ।
रोटरी क्लब बर्दिबासका अध्यक्ष हिरा गौतमले शनिवार बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीलाई एक समारोहका बीच यी स्वास्थ्य उपकरणहरू हस्तान्तरण गर्नुभएको हो ।
शिक्षा, स्वास्थ्य, शान्तिका लागि काम गरिरहेको रोटरी क्लब बर्दिबासले कोरोना भाइरस नियन्त्रणका लागि पिसिआर मेसिन अस्पताललाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष गौतमले बताउनुभयो ।
‘आर्थिक अभाव हुने गरिब तथा विपन्नहरूको कोरोना जाँच गर्न सहज होस् भन्ने उद्देश्यले पिसिआर मेसिन हस्तान्तरण गरेका हौँ,’ रोटरी इन्टरनेशनलका (३२९२) पूर्व एजी सुलोचना सिग्देलले बताउनुभयो ।
कोरोनाको माहामारिपछि पनि अन्य रोगबारे परीक्षण गर्न सकिने बहुउपयोगि पिसिआर मेसिन प्रदान गरिएको रोटरी इन्टनेशनल अन्तर्गत (३२९२)का पूर्व सचिव राजेन्द्र दाहालले बताउनुभयो ।
‘रोटरी क्लबले प्रदान गरेको उपकरणले बर्दिबास नगरलाई कोरोना मुक्त गर्ने अभियानमा सहयोग पुग्छ,’ पिसिआर मेसिन बुझ्दै मेयर कार्कीले खुसी व्यक्त गर्नुभयो ।
मास्क लगाउने, शारीरिक दुरी कायम गर्ने र साबुन पानीले हात धोएर कोरोना महामारीबाट बच्न कोही कसैले पनि बिर्सिन नहुने प्रदेश सभा सदस्य शारदा देवी थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button