तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा बिरामीको चाप बढ्दै

बैतडी । मौसममा आएको परिवर्तनसँगै जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप बढ्दै गएको छ ।
श्वासप्रश्वास सम्बन्धी बिरामीको सङ्ख्या केही दिन यतादेखि बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । दम, रुघाखोकी, निमोनिया लगायतका बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।
चिसोको मौसम सुरु भएकाले श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढ्दै गएका उहाँले बताउनुभयो । यस्तै चिसो मौसम सुरु भएसँगै बालबालिकामा निमोनिया,बृद्धवृद्धाहरुमा दमको समस्या देखिएको डा. जोशीले बताउनुभयो ।
यो समयमा चिसोबाट बालबालिकाहरूलाई बचाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button