तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा पहिलो पटक फुटसल सञ्चालन

स्याङ्जा । स्याङ्जामा पहिलो पटक फुटसल खेलको सुरुआत भएको छ । वालिङ ८ बीपी चोकमा वालिङ स्पोर्टस् सेन्टरले फुटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलो पटक खेल सञ्चालन गरेको हो । सेन्टरले रु. एक करोडको लागतमा फुटसल सञ्चालनमा ल्याएको सञ्चालक गणेश सुबेदीले बताउनुभयो ।
फुटसलको आज गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण र ज्येष्ठ नागरिक टुकप्रसाद सुवेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा विधायन समिति सभापति रेग्मीले खेल क्षेत्र तथा खेलाडीहरुको क्षमतालाई प्रष्फुटन गर्नमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले खेलाडीहरुको क्षमता विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै सफलताको कामना गर्नुभयो । कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले खेल क्षेत्रसँगै खेलाडीहरुको क्षमता विकासका लागि निरन्तर लागिपर्ने बताउनुभयो ।

छ रोपनी क्षेत्रफलमा सेन्टरले पहिलो पटक फुटसलमा ब्याडमिण्टन कोर्ट, स्वीमिङ पुल, सभाहल, रेष्टुरेण्ट, लज सञ्चालन गर्ने लक्ष्यसहित रहेको सञ्चालक सुबेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button