तपाईँ सुन्दै हुनुहुन्छः

बाराको जीतपुरमा बजार अनुगमन

बारा । वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बिरगंजले बाराको जीतपुरमा बजार अनुगमन गरेको छ । कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा ईलका प्रहरी कार्यालय जीतपुर र जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

बजार अनुगमनको क्रममा १३ वटा पसलहरुलाई कारवाही गरी १ लाख ५२ हजार जरिवाना गरिएको छ । अनुगमनको क्रममा बिलबिजक चुस्तदुरुस्त नराख्ने, उपभोक्ता ठग्ने, म्याद गुर्जेको सामग्रीहरु राख्ने, फर्म दर्ता प्रमाणपत्र र मुल्य सूची नराख्ने पसलहरुलाई पाँच हजार देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरिएको उपभोक्ता हित संरक्षण कार्यालयका सुचना अधिकारी दिलिपखंग खत्वेले जानकारी दिनुभयो ।

उहाँले बारम्बार व्यापार, व्यावसायी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिलाई व्यवसाय स्थलमा राख्नुपर्ने कागजपत्रको विषयमा जानकारी गराउँदा पनि त्यसो नहुने गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button