तपाईँ सुन्दै हुनुहुन्छः

खुल्यो विद्यालय 

 
जाजरकोट । जाजरकोट जिल्लाका विद्यालयहरू सात महिना अघिदेखि बन्द रहेका छन् । पठनपाठन सञ्चालन नहुदा विद्यार्थीको भविष्यमा समेत असर परेको छ । तर  स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जाजरकोटको कुशे गाउँपालिका ५ ढिमे स्थित थर्पु माध्यामिक विद्यालयले भने पठनपाठन अगाडि बढाएको छ ।
लामो समय पछि विद्यालय सञ्चालनमा आएपछि पठनपाठन क्रियाकलाप गर्न सहज भएको कक्षा १० की छात्र कृष्ण मल्लले बताउनु भयो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक दिर्घजंग सिंहले बताउनु भयो ।
कोरोना भाइरसका कारण लामो समयसम्म भएको बन्दाबन्दी लकडाउनले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रधानाध्यापक सिंहको भनाइ छ ।
जिल्लाका बारेकोट गाउँपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, कुशे गाउँपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका तथा नलगाड नगरपालिकाका चार ५० विद्यालय बन्द रहँदा सयौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनुपर्ने सरोकारवालाहरूको माग छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button