बाराको टाँगिया बस्तीबाट पाँच थान सालको काठ बरामद
बारा । बाराको जितपुुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीबाट बारा वन टोलीले पाँच थान सालको काठ बरामद गरेको छ ।
विशेष सुुचनाको अधारमा तमागढी सब डिभिजन वन कार्यालयका साहयक वन अधिकृत हरिशंकर साहको नेतृत्वमा गएको टोलीले करिब २९ क्युुफिट काठ बरामद गरेको डिभिजन वन कार्यालय सिमराका प्रमुुख मञ्जुुर अहमदले जानकारी दिनुुभयो ।
जनपद प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक सहितको टोलीले खेतबारीमा काठ चिर्न राखिएको अवस्थामा काठ बरामद गरेको थियो । बरामद काठलाई तमागढी सबडिभिजन वन कार्यालयको प्राङगनमा घाटगदी गरी राखिएको छ ।
काठ तस्करहरुको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालय सिमराका प्रमुुख अहमदले बताउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्