तपाईँ सुन्दै हुनुहुन्छः

३४ परिवारलाई सुरक्षित आवास हस्तान्तरण 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका–७ का गरिब तथा विपन्न वर्गका ३४ परिवारलाई आज सुरक्षित आवास हस्तान्तरण गरिएको छ । प्रदेस न १ का मुख्यमन्त्री शेरधन राईले लामो समयदेखि ऐलानी जग्गामा बस्दै आएका ती परिवारहरुलाई आज एक कार्यक्रमबीच आवास हस्तान्तरण गर्नुभएको हो ।

एकीकृत नमुना बस्तीमा तिनवटा पक्किकोठासहित ३४ वटा आवास रहेका छन् । ग्रामथानका दलित र गरिब तथा विपन्न वर्गका नागरिकहरुका लागी निमार्ण गरिएको घर पाएपछि त्याहँका विपन्न समुदाय खुसी भएका छन ।

संघिय सांसद अमनलाल मोदीको पहलमा तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत ६७ लाख ९ हजार १ सय तथा स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत १ करोड १९ लाख ८६ हजार र ग्रामथान गाउँपालिकाबाट १ करोड १७ लाख ४५ हजार ७ सय रुपैया गरी कुल ३ करोड ४ लाख ४१ हजार ३४ रुँपैयाको लागतमा एकीकृत नमुना बस्ती निमार्ण गरिएको हो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले पनि आवास विहिन नागरिकहरुको सुरक्षित आवासको सुनिश्चितता गर्न चाहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको यही कार्यकालभित्र सुकुम्बासी तथा भुमिहीन नागरिकलाई भुमि र त्यसको प्रमाणपुर्जा उपलब्ध गराउने तयारी भईरहेकोे जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङबोले वर्तमान सरकारले विपन्न समुदायको उचित बसोवासका लागि आवास निमार्णका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, तथा सिँचाईजस्ता सम्पुर्ण क्षेत्रहरुमा प्रमुख प्राथमिकताका साथ काम गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, वन, पर्यटन तथा वातवरण राज्यमन्त्री विजय विश्वासले सुकुम्बासी, आदीवासी र पिछडा सामुदायको जीवन स्तर उकास्न प्रदेश सरकारले सीपमुलक स्वरोजगार कार्यक्रम ल्याएको बताउनुभयो । यसको माध्यमबाट उत्पादन स्वरोजगारमा अगाडी बढाउने उहाहरुको भनाई थियो ।

प्रदेश सरकारले भने भौतिक पुर्वाधार मात्र नभई जनताको आर्थिक जीवनस्तर माथि उकास्ने र उनीहरुलाई स्वरोजगार बनाउने पक्षमा पनि आफ्ना योजनाहरु केन्द्रित गरेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button