तपाईँ सुन्दै हुनुहुन्छः

विहारमा अन्तिम चरणको निर्वाचन भोली, नेपाल भारत सिमा सिल

वीरगञ्ज । बिहार राज्यको तेस्रो तथा अन्तिम चरणको लागि भोली मतदान हुने कार्यक्रम रहेको छ ।

विशेष गरी वारा, पर्सा, रौतहटसँग सिमा जोडिएका इलाकामा भोली निर्वाचन हुने भएको कारण हिजो साँझ देखि नै सिमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

२ सय ४३ कुल विधानसभा सिटमध्ये यसअघि पहिलो र दोस्रो चरण अन्तरगत क्रमशः ७१ सिट र ८४ सिट गरी कुल १४५ सिटको लागि चुनाव सम्पन्न भइसकेको छ । २८ अक्टोरमा पहिलो चरणको चुनाव सम्पन्न भएको थियो भने नोभेम्बर ३ का दिन दोश्रो चरणको निर्वाचन भएको थियो ।

भोली नेपालसँगै सिमा जोडिएका बिहारको उत्तरी भेगमा चुनाव हुन लागेको हो । उत्तरी भेगका १५ जिल्ला भित्र ७८ सिटको चुनावपछि बिहारमा कसको सरकार बन्छ भन्ने कुरा निक्र्यौल गर्नेछ ।

बिहारको उत्तरी १५ वटा जिल्लाहरुमा पश्चिम चम्पारण, पूर्बचम्पारण, सीतामढी, मधुवनी, सुगौली, अरयिा, मधेपुरा, पूर्णिया, कटिहार, किशनगंज, सहरसा, दरभंगा, बैशाली, मुज्जफरपुर र समस्तीपुर लगायतका जिल्ला रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button