तपाईँ सुन्दै हुनुहुन्छः

केदारमाण्डौंमा सडक पुगेपछि स्थानीयबासी खुसी

बैतडी । बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने केदारमाण्डौंमा सडक पुगेपछि स्थानीयबासी खुसी भएका छन् ।

प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालयको २० लाखको लागतमा सो सडक निर्माण भईरहेको हो । प्रसिद्ध रौलाकेदार धाम जोड्ने सडक जोगेनी गाउँ हुँदै अगाडि बढेपछि स्थानीयबासी खुसी भएका हुन् ।

रौलाकेदार धामको सल्म्यासम्म सडक पुर्याउने लक्ष्य सहित यो बर्षदेखि सडक निर्माण कार्य शुरु भएको सुर्नया गाउँपालिका वडा नं ४ का वडा सदस्य हरि महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button