छठ नहुदै विभिन्न जिल्लामा चिसो बढ्यो
जनकपुरधाम । विगत तीन दिन यता प्रदेश २ का विभिन्न जिल्लामा एक्कासी चिसो बढेको छ ।
पश्चिम दिशावाट चल्ने चिसो हावाका कारणले विहान बेलुका अत्यधिक मात्रामा चिसो बढेका कारणले बजारको चहल पहलमा कमी आएको छ । न्यानो तथा बाक्लो लुगाको विक्रि बढेको छ ।
चिसो बढेसँगै ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त, दम, निमोनिया तथा बाँथका रोगीहरु स्वास्थ्य समस्या बढेको छ । चिसोका कारण रुघा खोकीको समस्याहरु बढ्न थालेका छन् । चिसोवाट जोगिनका लागि गाउँहरुमा अगेना बाल्ने क्रम पनि शुरु भएको छ ।
यस पटक अधिक मास परेका कारणले छठ शुरु नहुदै चिसो बढेपछि यस वर्ष बढी नै चिसो हुने अनुमान बुढापाकाहरुले गरेका छन् । यता चिसो बढेपछि कोरोनाको संक्रमण बढ्ने सम्भावना भएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउनका लागि चिकित्सकहरुले आग्रह गर्नु भएको छ ।
चिसोका कारणले धनुषा, महोत्तरी, सर्लाही तथा सिरहा सहितका जिल्लाको जनजीवन प्रभावित हुन थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्