सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हिनन्दन गाउँपालिका(४ लुतपुरवास्थित सडकमा लु।३१ प २३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रामग्राम नगरपालिका(७ उजैनी बस्ने ६५ वर्षीय अल्गु बेलदारको शुक्रबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका मोटरसाइक चालक रुपन्देही ओमसतिया गाउँपालिका(६ बेलहिया बस्ने २४ वर्षीय पुन्टे तेलीको सोही अस्पतालमा उपचार भईरहेको छ ।
सिरहा, गोलबजार नगरपालिका-९ चोहर्वास्थित सडकमा ना.५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३-०१-०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार झापा शनिश्चरे नगरपालिका-८ बस्ने ५० वर्षीया आशा श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी आशाको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्