तनहुँमा १० वर्षीया बालिकासहित २७ जना कोरोना सङ्क्रमित थपिए

तनहुँ । तनहुँमा २७ जना कोरोना सङ्क्रमित थपिएको छ ।
जिल्लाको भानु नगरपालिकामा तीन जना, घिरिङ गाउँपालिकामा एक जना, व्यास नगरपालिकामा १९ जना, भिमाद नगरपालिकाको एक जना र ठेगाना नखुलेको तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
भानु–७ की ३७ वर्र्षीया महिला र १०, ३९ वर्र्षीय महिलामा कोरोना सङ्क्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै घिरिङ–५ का २८ वर्र्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको छ ।
यसैगरी व्यास–१ का ३०, ३४ वर्र्षीय पुरुष, व्यास–२ की ४८, ७४ वर्र्षीया महिला र २७, २८, २९ वर्र्षीय पुरुष, व्यास–४ का ३४ वर्र्षीय पुरुष, व्यास–५ की ५६, २१, १७, ३३ वर्र्षीया महिला र २५, ५८, २४, २०, १७, वर्र्षीय पुरुष, व्यास–९ का २४ वर्र्षीय पुरुष, व्यास–११ का ४५ वर्र्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै भिमाद–१० का ४० वर्र्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको निर्देशानालयले जनाएको छ ।
त्यस्तै पालिका र वडा नखुलेको २३, ४० वर्र्षीय पुरुष र ४२ वर्र्षीया महिलामा कोरोना सङ्क्रमण भएको निर्देशनालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्