तपाईँ सुन्दै हुनुहुन्छः

बगलुङमा स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

बागलुङ । स्वास्थ्यकर्मीसहित बागलुङमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पतालमा कार्यरत एक जना स्टाफ नर्ससहित एक मृतक पुरुष र २ बालकमा सङ्क्रमण पुष्टि भएको हो ।

बागलुङ नगरपालिका वडा नं. ३ का २० बर्षीय पुरुष, ८१ बर्षीया पुरुष र ५० बर्षीया महिला, वडा नं. १ का ६० बर्षिय र ६३ बर्षीय पुरुष तथा ५६ बर्षीया महिला, वडा नं. ३ का १२ बर्षीय बालक, ताराखोला गाउँपालिकाका वडा नखुलेका ३४ बर्षीय पुरुष, काठेखोला गाउँपालिका वडा नं. ४ का २३ बर्षीय पुरुष र धौलागिरी अस्पतालमा कार्यरत ३३ बर्षीया स्टाफ नर्स तथा उनका ५ बर्षीय छोरामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै उपचारका क्रममा कार्तिक १९ गते मृत्यु भएका एक ८१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको धौलागिरी अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

लक्षण देखिएका बागलुङ नगरपालिका–२ का ८१ बर्षीय पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि थ्रोट स्वाब परीक्षणपछि कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button