एभरेष्ट बैंकले शेयसधनीलाई ५ प्रतिशत बोनस सेयर र नगद लाभांश दिने

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ ।
बैंकले ५ प्रतिशत बोनस शेयर र नगद लाभांश र बोनस शेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजाररुपैयाँ रहेको बैकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्