नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ०.२७ प्रतिशत घटेर बन्द भएको छ ।
नेप्से परिसूचक ओरालो लागेपनि ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यस दिन सानिमा जनरल इन्स्योरेन्स, रैराङ हाइड्रोपावर र गोर्खाज फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
पछिल्लो ४ कारोबार दिन निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको विशाल बजारको शेयर यस दिन सर्वाधिक ८.५ प्रतिशत घटेको छ । त्यसैगरी, शिवश्री हाइड्रोपावरको शेयरमूल्य यस दिन ७.८८ प्रतिशत घटेको छ । बिहीबार नेप्से परिसूचक ४.४७ अंकले घटेर १६३६.१७ विन्दुमा झरेको छ ।








प्रतिक्रिया राख्नुहोस्