तपाईँ सुन्दै हुनुहुन्छः

चार विद्यालयमा सेभेन फल्याग कार्यक्रम

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका अन्र्तगतका ४ वटा सामुदायिक विद्यालयमा सेभेन फल्याग कार्यक्रम सुरु गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य र सरसफाई सम्वन्धि सचेतना दिने उद्देश्यले सेभेन फल्याग कार्यक्रम सुरु गरिएको हो । बिद्यालयमा राखिने बिभिन्न ७ झण्डाले बिभिन्न सूचकहरुको अवस्था बताउनेछन । बिद्यालयमा जुन सूचनाको अवस्था राम्रो छ त्यसको झण्डा माथी हुनेछ भने कमजोर अवस्थामा रहेको सूचकको झण्डा तल हुनेछ । सूचकहरु शतप्रतिशत भएमा सबै झण्डाहरु एउटै स्तरमा हुनेछन । नगरका ४ वटै विद्यालयमा राष्ट्रिय झण्डा सहित सेतो, निलो, पहेलो, हरियो, रातो, खैरो र गुलाबी रंगको झण्डा राखिएको हो ।

तिनीहरुले बिद्यालयको बाहिरी अवस्था, बिद्यार्थीको ब्यक्तिगत सरसफाई, खानेपानी र महिलावारी स्वच्छता लगायतका सूचकहरु बनाउने छन । विद्यालयको झण्डा वाहेक विद्यालय स्वास्थ्य प्रवद्र्धन कार्यक्रमका लागी ७ वटा झण्डा स्थापना गरीएको छ । परियोजनाले विद्यालयमा गरेको उपसुचक विश्लेषण अनुसार उक्त झण्डाहरुले प्रत्येक विद्यालयमा हाल सरसफाईको अवस्था ३० प्रतिशत रहेको छ । परियोजना लागु भएको मिति देखि १ वर्षको अवधिमा विभिन्न सुचकहरुमा अभिवृद्धिको काम गरी पुर्ण सरसफाई युक्त विद्यालय निर्माणमा सहयोग गर्ने ३० प्रतिशत वाट १०० प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ ।

नगरको वडा नम्वर ४ मा अवस्थित आधारभुत विद्यालय मनकोट, आधारभुत विद्यालय अम्लाटाकुरा, वडा नम्वर ५ मा अवस्थित माध्यामिक विद्यालय खहरे र आधारभुत विद्यालय लहरेसिमलमा उक्त झण्डा राखिएको छ । चौरजहारी नगरपालिका र मानव विकास तथा सामुदायिक सेवा अन्तरगत खानेपानी, सरसफाई तथा जीविकोपार्जन प्रवद्र्धन परियोजनाको समन्वयमा विद्यालयहरुमा सेभेन फल्याग स्थापना गरिएको परियोजना अधिकृत गणेशकुमार खडकाले जानकारी दिए ।

विद्यालय सरसफाई प्रवद्र्धन कार्यक्रम २०७७।०७८ का लागी नगरका सामुदायिक विद्यालयमा पुर्ण सरसफाईका ६ सुचकहरु अन्तरगत स्वस्थकर चर्पीको प्रयोग, सावुन पानीको प्रयोग तथा व्यक्तिगत सरसफाई , महिनावारी स्वच्छता, सुरक्षित पिउने पानी, सुरक्षित खाना र सफा वातावरणको क्षेत्रमा परियोजनाले काम गर्ने वताइएको छ ।

विद्यालयमा सावुन पानीले हात धुने निश्चित स्थानको उपलव्धता, प्रत्येक विद्यार्थीहरुलाई व्यक्तिगत स्वच्छता अन्तरगत स्नान, दाँत ब्रश, कपाल काटने, सफा कपडा लगाउने, विद्यालयमा अपांगता भएका व्यक्तिहरुको लागी सावुन पानीले हातधुने ठाउँको पहुँच लगाएतका उपसुचक राखिएको अधिकृत खडकाले वताए । परियोजनाले विद्यालयमा शौचालय निर्माण देखि स्वास्थ्य र सरसफाईको सुचक मापन गर्नुका साथै विद्यालयको आन्तरिक तथा वाह्य वातावरण सरसफाईको क्षेत्रमा समेत काम गर्ने वताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button