तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा एक जना संक्रमितको मृत्यु, थप ६७ जनामा कोरोना संक्रमण पुष्टी

file photo

धनगढी । कैलालीमा आज थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारत धनगढी उपमहानगरपालिका ५ का ९२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टी भएपछि कार्तिक १७ गते अस्पताल भर्ना भएका उनको भेण्डिलेटरमा राखेर उपचार भईरहेको थियो । योसगै कैलालीमा कोरोना संक्रमणपछि मृत्यु हुनेको सख्या १२ पुगेको छ ।

यसैगरि आज कैलालीमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टी भएकोे छ । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका ४३ जना सहित ६७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button