तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा सुरु

डडेल्धुरा । कोरोना भाइरस महामारीको सन्त्रासकाबीच स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर डडेल्धुरा जिल्लाका माध्यामिक विद्यालयहरुमा कक्षा ११ को परिक्षा आज बाट सुरु गरिएको छ ।

डडेल्धुरा जिल्लाका ३३ माध्यामिक विद्यालयमध्ये अजयमेरु गाउँपालिकामा रहेका बालकल्याण माध्यामिक विद्यालय र भद्रपुर माध्यमिक विद्यालयले कातिक १७ गतेबाट परीक्षा सञ्चालन गरेका थिए भने जिल्लाभरिका थप १७ माध्यामिक विद्यालयहरुले विहीबारदेखि परीक्षा सञ्चालन गरेका छन ।

बिहीबारदेखि मर्यादित किसिमले परीक्षा सञ्चालन भइरहेको कार्यालय प्रमुख नारदप्रसाद जोशीले बताउन भएको छ । कक्षा ११ को परीक्षा सञ्चालन कार्यविधि २०७७ अनुसार विद्यालयहरुले आफूलाई पायक पर्ने समयमा परिक्षा सञ्चालन गरिरहेको जोशीले बताउन भएको छ ।

लामो सयमसम्म कोरोनाका कारण विद्यालयमा पठनपाठन गर्न नपाएका विद्यार्थीहरु एकाएक परीक्षा हलमा उपस्थित हुँदा विद्यार्थीहरुको कमजोर मनस्थिति देखिएको परीक्षा सञ्चालन गरिरहेको डडेल्धुराको सिमान्त परशुराम नगरपालिका–५ परिगाँउस्थित भुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक डम्बरसिँह थ्वालले बताउन भयो ।

महामारीका कारण कोर्ष नै पूरा नभई विना तयारी परीक्षा दिई रहेका विद्यार्थीहरुको नतिजाका बारेमा अभिभावकहरु चिन्तित देखिन्छन् । साधारणतर्फका विद्यार्थीहरु भन्दा प्राविधिकतर्फको परीक्षा दिने विद्यार्थीहरुलाई बढी समस्या देखिएको परीक्षार्थीहरुको गुनासो छ सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु बाजुराका २२ वटा मावि, बझाङ्गका ४८ मावि, अछामका ३८ मावि, डोटीका ३५ मावि डडेल्धुरा ३३ वटा मावि बैतडीका ६३ वटा मावि र दार्चुलाका २७ गरि कुल दुई सय ६६ वटा माध्यामिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयले बिहीबारदेखि परीक्षा सञ्चालनका लागि कार्यतालिका सार्वजनिक गरेको राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई सो कार्यालयले जानकारी दिनभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button