छठ पछि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम शुरु हुने
सप्तरी । सप्तरीको राजविराजमा बन्ने रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिठानको सम्पुण काम छठ पछि शुरु हुने भएको छ ।
विगत तिन/चार वर्ष देखी चर्चामा रहेको र ४० करोड बजेट समेत अर्थ मन्त्रालायबाट छुट्टयाइ सकेको भए पनि जग्गाको विषयलाई लिएर विवादित थियो तर अहिले प्रतिष्ठानका जग्गा सम्बन्धी फाईल भुमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषदमा गइसकेको र सो सम्बन्धी सम्पुर्ण कामहरु सम्भवत छठ पछि सुचारु हुने कुरा आज राजबिराज स्थित पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रदेश नम्बर २ का सचिव सुमनराज प्याकुरेलले सो कुरा बताउनु भयो ।
त्यसै गरी हरेक प्रतिष्ठानहरुको कार्यविधि फरक भएकाले समितिमा रहने डाक्टहरुको पदिय मयार्दा र पारिश्रमिकको पनि समस्याले गर्दा उक्त कार्यमा बाधा आएको थियो । तर हाल प्रतिष्ठान समितिको कार्यबाहक अध्यक्षका रुपमा डाक्टर रोहित पोखरेललाई चयन गरिसकेको छ । प्रतिष्ठान सम्बन्धी ऐन बन्ने प्रकृयामा रहेको छ







प्रतिक्रिया राख्नुहोस्