तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ५० हजार पुरस्कार राशीकाे भलिबल प्रतियोगिता हुँदै

अछाम – काेराेना महामारी र लकडाउनका कारण प्राय: ठप्प रहेकाे अछामकाे खेल क्षेत्रमा लामाे समयपछि भलिबल प्रतियोगिताको आयाेजना गरिन लागेकाे छ ।

जिल्लाकाे बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नामा ५० हजार धनराशीको भलिवल प्रतियोगिता आयोजना हुने भएको हाे ।

जिल्लामा काेराेना महामारी विस्तारै घट्दै गएकाे अवस्थामा सुरक्षा सतर्कता अपनाउँदै नेपालीहरुको महान चाँड दिपावलीको अवसरमा पञ्चदेवल अनुरा युवा क्लवको आयोजनामा भलिवल प्रतियोगिता आयोजना हुने भएको हो । जस अन्तरगत प्रतियोगिताको सबै तयारी अन्तिममा पुगेको छ ।

कात्तिक २५ गतेदेखि दर्नाको कोटमा अछामका पालिका स्तरिय पुरुष भलिवल प्रतियाेगिता आयोजना हुन लागेको क्लवका अध्यक्ष खेमराज ओझाले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार १ रुपैँया पुरस्कारका साथै प्रमाणपत्र, द्वितियलाई २५ हजार १ सय र मेडल सहित प्रमाणपत्र साथै उत्कृष्ट र अनुशासित खेलाडीहरु लाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
टिम दर्ता शुल्क तीन हजार पाँच सय तोकिएको छ भने खेलाडीहरुले आफ्नो टिम कार्तिक २४ गते भित्र दर्ता गराइसक्नु पर्ने प्रतियाेगिता आयोजक पञ्चदेवल अनुरा युवा क्लवले जनाएको छ ।
साथै प्रतियाेगितामा एक स्थानीय तहको खेलाडीले अर्को स्थानीय तहबाट खेल्न नपाउने जनाइएको छ भने आफ्नो स्थानीय तहको बासिन्दा भएको नागरिकताको प्रतिलिपी र परिचय खुल्ने कागजात आयोजकलाई बुझाउनु पर्ने क्लबले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button