तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाकामा विशेष तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालिम पाप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरेको छ । तिहार लगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागु औषध, बिष्फोटक पदार्थ, अवैध हातहतियारको ओसारपसारको कार्यलाई रोक्नका लागी कुकुर सहितको प्रहरीको टोली परिचालन गरिएको प्रहरी नायव उपरीक्षक अमर वहादुर थापा क्षेत्रीले वताउनु भएको छ ।

उहाँले पश्चिमी सीमा नाका गड्डाचौकी र महेन्द्रनगर स्थित बस पार्क, गौरीफण्टा सीमा नाका लगाएतमा कुकुर सहितको प्रहरीको टोली परिचालन गरिएको वताउनुभएको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको सहयोगमा तालिम प्राप्त कुकुर ल्याएर सीमा क्षेत्रमा प्रभावकारी रुपमा चेकजांचको कार्यलाई अघि वढाएको वताउनुभयो । लुकाई छिपाई ल्याएको लागु औषध, बिष्फोटक पदार्थ र हातहतियार कुकुरले सुधेर पत्ता लगाउने गर्दछ ।

दुई साताका लागी कुकुर सहितको टोली सीमा नाकामा परिचालन गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button