पसा, बारा र महात्तरीका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पछिल्लो परीक्षणको क्रममा बारा पर्सा, र महोत्तरीका गरी थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरी ल्याइएको एक सय एक जनाको स्वाब परीक्षण गर्दा बाराका सात , पर्साका दुई महोत्तरीको भङ्गाहा नगरपालिका वडा नम्बर ९ को एक जना गरी थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
पर्साको बीरगंज महानगरपालिका वडा नम्बर ७ र ५ मा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै बारामा भेटिएका सङ्क्रमितहरु बढी निजगढ नगरपालिकाका रहेका छन् । निजगढ नगरपालिका वडा नम्बर ८ मा दुई जना र वडा नम्बर ४, ९, ११ मा एक/एक जनामा सङक्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।
यस्तै बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ का एक जना र जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा एक जनामा संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि भएकाहरुमध्ये दुई जना महिला रहेका छन् । सङ्क्रमण पुष्टि भएकाहरु ३ वर्षका बालक देखि ६४ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १७ देखि २९ सम्म रहेको डा.चौरसियाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्