पानीको चरम अभाव भएपछि धारामा लुगा धुन र नुहाउन रोक

सल्यान । जिल्लाको शारदा नगरपालिका वडा नं १४ ढारखानीमा पानीको चरम अभाव भए पछि स्थानीयले धारामा लुगा धुन र नुहाउन रोक लगाएका छन ।
वषौंँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ढारखानीका स्थानीयले पिउँने पानी नै नपुग्ने भएपछि धारामा लुगा धुन र नुहाउन रोक लगाएका हुन । एक सय ४० घरधुरी रहेको उक्त गाँउमा पानीको अभावले समस्या झेल्दै आएका छन ।
योभन्दा पहिले लुगा धुने, नुहाउने गरेपनि अहिले पिउने पानी नै नपुगेपछि रोक लगाइएको स्थानीयले बताएका छन ।
हिँउदको समयमा पानीको मुहान सानो हुने भएकोले खानेपानीको समस्या टार्नका लागि यस्तो उपाय अपनाएको स्थानीय गणेश गिरीले बताएका छन् ।
उनका अनुसार खानेपानी लिनको लागि पालोे लगाएको छ । लुगा धुने, नुहाउने गर्दा पानी नपुग्ने भयो, उनले भने ‘खानेपानी मात्र भएपनि पुगोस भनेर हामीले यस्तोे निर्णय गरेका हौं ।’
आफूहरुलाई खानेपानी पुग्न पनि धाँै धौँ भएकाले यसरी जोह गर्ने उपाय निकालेको अमृता घर्तीले बताइन । उनले भनिन ‘नुहाउन लुगा धुनको लागि त शारदामा गएर धुन सकिन्छ, तर खानेपानी शारदाबाट बोकेर सम्भव छैन ।’
खानेपानीका लागि अहिलेसम्म कसैले पहल नगरेको स्थानीयले बताएका छन ।








प्रतिक्रिया राख्नुहोस्