तपाईँ सुन्दै हुनुहुन्छः

बाइडेन जीत तर्फ अग्रसर, कुुनै चमत्कार नभए ट्रम्पको आशा क्षीण

फाइल तस्बिर

काठमाडौँ – अमेरिकाको राष्टपति निर्वाचनको मत गणनाको अहिले सम्मको नतीजमा डेमोक्र्याट उम्मेदवार जो वाइडेनले २४३ इलेक्टोल मत सहित अग्रता लिनु भएको छ । पछिल्लो नतीजमामा मिसिगन राज्यमा जीत हासिल गरेर वाइडेनले २४३ मत पुर्याउनु भएको हो ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल ५३८ मध्ये २७० इलेक्टा्रेल मतको आवश्यकता पर्दछ ।बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिले सम्म २१४ इलेक्ट्रोल मत मात्र प्राप्त गर्नु भएको छ । केही राज्यहरुको मत गणना बाँकी रहेकोले अहिले नै एकिनका साथ भन्न नसकिए पनि बाँकी राज्यहरुमा उम्मेदवारहरुको अग्रतालाइ लिएर केही अनुमान भने लगाउन सकिन्छ ।

नतीजा आउन बाँकी सात राज्यहरुमा २० इलेक्ट्रोल मत रहेको पेन्सिलभानिया, १६मत रहेको जर्जिया, १५ मत रहेको नर्थ क्यारोलिना, ११ मत रहेका एरिजोना, १० मत रहेको विस्कन्सिन, ६मत रहेको नाभेदा र ३ मत रहेका अलाक्सा रहेका छन् । ती सवै जम्मा गर्दा अझै ८० इलेक्टा्रेल मतको छिनोफानो हुन बाँकी छ जसमा वाइडेनलाइ जीत्नका लागि आव २७ मत मात्र चाहिन्छ भने ट्रम्पलाइ ५६ मत चाहिन्छ ।

ती बाँकी राज्यको जारी मत गणनाको अहिले सम्मको नतीजा हेर्ने हो भने ट्रम्पले पेन्सिलभानिया, नर्थ क्यारोलिना र जर्जियामामा अग्रता लिइ रहनुभएको छ र ती सवै राज्यमा आन्तिम सम्मै अग्रता राख्न सके पनि उहाँले ५१ मत मात्र प्राप्त गनु हुनेछ जव कि उहाँलाइ जीत्नको लागि अव ५६ मत चाहिन्छ । त्यसको अर्थ उहाँले थप अर्काे एक राज्यमा पनि जित्नु पर्ने हुन्छ जहाँ उहाँले अग्रता लिन सक्नु भएको छैन ।

बाइडेनले भने विसकन्सिन, नाभेदा, एरिजोना र अलाक्सामा अग्रता र्लि रहनुभएको छ र ती सवै राज्यमा अन्तिम सम्मै अग्रता कायम राखे उहाँले थप ३० मत प्राप्त गरि २७३ पुरयाउनु हुने छ जुन विजयी हुन आवश्यक न्यूूनतम थ्रेसहोल्ड २७० सजिलै पार हुन्छ।अहिले सम्म गणना भएका पुपुलर मतमा पनि करीव ३० लाख भन्दा बढी मतले बाइडेन अघि हुनुहुन्छ, यद्यपी पपुलर मत बढी हुँदैमा निर्वाचन जीत्ने सुनिश्चित भने हुँदैन ।

पछिल्ला नतीजाहरुले बाइडेनको क्याम्पमा उत्साह छाएको छ भने ट्रम्पको क्याम्पमा निराशा। अहिले सम्मको स्थिति हेर्दा अव कुनै ठूलै चमत्कार नभइ ट्रम्पले जीत्ने देखिंदैन ।पहिले देखि नै हुलाकबाट मत खसाल्ने बिधिको बिरोध गर्ने आउनु भएका ट्रप्ले आफू हारे परिणाम अस्वीकार गरि कुनै राजनैतिक संकट निम्त्याउन सक्ने देखिन्छ ।

केही साता अघि, निर्वाचन हारे पनि ह््वाइट हाउस नछाड्ने अथवा शान्तिपूर्ण सत्ता हस्तान्तरण नगर्न पनि सक्ने अभिब्यत्ति दिएर बिवादित हुनु भएका ट्रम्पले जिनवरी २० को निर्धारित समयमा सत्ता हस्तान्तरण नगरे संबैधानिक संकट समेत उत्पन्न हुन सक्ने देखिन्छ । ट्रम्पले हिजै मत गणना रोक्न जोड दिंदै गणनामा भएको धाँधलीलाइ सार्वाेच्च अदालतमा चुनौती दिने बताएकोले अमेरिकाको राष्ट्रपति निर्वाचनले अझै धेरै दिन सञ्चार माध्यमहरुमा चर्चा पाउने दृखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button