कोरोना महामारीको प्रकोप न्यूनिकरण अभियान शुरु

काठमाडौं । मुलुकभर कोरोना महामारीको प्रकोप न्यूनिकरण गर्नका लागि जनसमुदायमा सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्ने उदेश्यले नागरिक अभियानको आज बुधवारबाट शुभारम्भ गरिएको छ ।
राष्ट्रिय व्यवसायिक पहलले शुरु गरेको कार्यक्रमको शुभारम्भ गर्दै नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले स्थानीय श्रोत साधनले भ्याएसम्म जनतालाई अधिकतम सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णपालना गरी व्यवसायिक क्रियाकलाप अगाडी बढाउन सम्पूर्ण व्यवसायिक क्षेत्रलाई आग्रह गर्दै आम सर्वसाधारणलाई समेत यसको पुर्ण पालनामा ध्यान दिन जोड आग्रह गर्नुं भयो ।
त्यसै गरी पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक प्रा.डा. शरद वन्तले मुलुकमा थप भयावह अवस्था आउन नदिन सरोकारवाला सवैको सहयोग र सहकार्यको अपरिहार्यतमा जोड दिदै आमनागरिक समेत सुसुचित हुन आग्रह गर्नुभयो ।
स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरु परिचालन गरी उपत्यकाका प्रमुख व्यापारिक केन्द्रहरु तथा प्रमुख बजार र क्रमश यातायात क्षेत्र र अन्य व्यस्त कार्यालयहरुमा चरणवद्ध रुपमा संचालन गरिने यस अभियान राष्ट्रिय व्यवसायिक पहल (एन आई बी) को सहकार्यमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ तथा पिपुल्स हेल्थ मुभमेन्ट नेपालको समन्वयमा सञ्चालन गर्न लागिएको हो ।






प्रतिक्रिया राख्नुहोस्