तपाईँ सुन्दै हुनुहुन्छः

ब्रोकरहरुले लिँदै आएको कमिसन घटाउन माग

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले ब्रोकरहरुले लिँदै आएको कमिसन घटाउन नेपाल धितोपत्र बार्ड समक्ष माग गरेका छन् ।

सेयर कारोबार अनलाइनमा गएपछि ब्रोकरहरुको काम घटेको र लगानीकर्ताहरु स्वयम् आफैंले सेयर खरिद–बिक्रीको काम गर्दै आएकाले स्टक ब्रोकरले लिँदै आएको कमिसन घटाउन लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेको लगानीकर्ताहरुले बताएका छन ।

लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकर कमिसन घटाउन माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई आग्रह गरिएको बताउनुभयो ।

नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा बनेको कमिटिले ब्रोकर कमिसन घटाउने लगायतका विषयमा प्रतिवेदन बोर्डसमक्ष पेश गरिसकेको र छलफलपछि मात्र उक्त विषयमा टुंगोमा पुग्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button