तपाईँ सुन्दै हुनुहुन्छः

आज ३३ सय ९ संक्रमित थपिए, ३८ सय ४४ संक्रमण मुक्त

काठमाडौं । आज कोरोना भाइरसबाट थप ३ हजार ८ सय ४४ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको आजको प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज थप ३ हजार ८ सय ४४ जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।

यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ ।

आज सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७९ दशमलव ३ प्रतिशत रहेको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप ३ हजार ३ सय ९ जना संक्रमित भएका छन् ।

आज १३ हजार १ सय ४४ वटा नमूनाको पिसिआर परीक्षण गर्दा २ हजार ५ जना पुरूष तथा १ हजार ३ सय ४ जना महिला गरी थप ३ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

आज काठमाडौमा १ हजार ५ सय ७०, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ जना गरी काठमाडौ उपत्यकामा मात्रै १ हजार ८ सय ७८ संक्रमित थपिएका छन् ।

यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङ्क अनुसार नेपालमा आज ३६ हजार ९ सय ११ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये ३० हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन भने बाँकी ६ हजार ७ सय ८० जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा रहेका संक्रमित मध्ये ३ सय ७९ जनाको आईसियू तथा ७८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यस्तै कोरोना भाइरस संक्रमणबाट आज थप ३० जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button