एकै दिन १४ जनामा कोरोना पोजेटिभ, पाँचथर १५ दिन बन्द हुने
पाँचथर । पाँचथरमा एकै दिन १४ जनामा कोरोना पोजेटिभ देखिएपछि आज राती १२ बजेदेखि १५ दिनलाई अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णण भएको छ ।
४१ जनाको पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । फिदिम नगरपालिकामा बसेको बैठकले कोरोना समुदाय स्तरमै फैलिन सक्ने भन्दै सो निर्णय भएको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बताउनुभयो ।
राती १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सार्वजनिक यातायात र व्यवसाय १५ दिनको लागि बन्द गरिन लागेको हो ।
जिल्लामा हालसम्म ५२ जनामा कोरोना पोजेटिभ देखिएकोमा २७ जना निको भएका छन भने २५ जनाको होम आइसोलेसन र स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख नारदमणि सुवेदीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्