नागरिकताको प्रमाणपत्र बनाउनेको भिड
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको भिड बढेको छ । कोरोना भाइरसका कारण केही महिना बन्द रहेका सेवा पुन सुचारु भएसंगै नागरिकता बनाउनेको संख्या बढेको हो ।
यसका साथै हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना खुलेकोले पनि नागरिकता बनाउनेको संख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको साउन यता नागरिकता बनाउनेको संख्या बढेको उहाँले बताउनुभयो ।
प्रहरी र सशस्त्र प्रहरीमा भर्ना खुलेकाले हाल दैनिक ८० देखि १ सय जनाले नागरिकता बनाउने गरेका उहाँले बताउनुभयो । अन्य समयमा दैनिक औसतमा ५० जनासम्मलाई नागरिकता प्रदान गरिदै आएको उहाँले बताउनुभयो । हाल जिल्ला प्रशासन कार्यालमा नागरिकता बनाउनेहरुकै भिड लाग्ने गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्