तपाईँ सुन्दै हुनुहुन्छः

कवाडी गोदाममा आगलागी हुँदा सिरहामा लाखौंको क्षति

लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर –३ को एक कवाडी गोदाममा आगलागी हुँदा लाखाँैको क्षति भएको छ ।

पुर्वपश्चिम लोकमार्ग नजिकै उत्तरपट्टीमा राम नारायण महतो र साबिर मिया दुई जना सञ्चालक रहेको उक्त गोदाममा आगलागी भएपछि ६५ लाख बराबरको सामानहरु जलेको सञ्चालकले जनाएाका छन् ।

मंगलवार बेलुका गोदाम नजिकै रहेको फोहरमा स्थानीयले आगो बालेर पसल बन्द गरेर घरतिर गएपछि केही छिनमै आगो सल्केको बुझिएको छ ।

लहान, गोलवजार, सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुण यन्त्र, नेपाल प्रहरी, शस्त्र प्रहरी र स्थानीयको सहयोगमा २ घण्टापछि आगो नियन्त्रण लिइएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीले बताउनुभयो ।

प्रहरीका अनुसार आगलागीबाट करिब २५ लाख बराबरको क्षति भएको छ, साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button