लागू औषधसहित एक जना पक्राउ

बारा । बारा प्रहरीले तीन हजार थान अवैध लागू औषधसहित रात्री बसका सह–चालकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित सिमरा चोकबाट देवताल गाउँपालिका वडा नं. ५ का २१ बर्षीया अमित कुमार नुनियालाई पक्राउ गरेको हो ।
हाल पर्सा बिरगंज महानगरपालिका–१८ को नेश्नल मेडिकल कलेज नजिकै डेरा गरी बस्दै आएका नुनियाले आफैंले काम गर्ने बिरगंजबाट बनेपाका लागि हिडेको ना६ख ९०९९ नम्बरको यात्रुबाहक बसमा लागुऔषध लुकाएको फेला परेको हो ।
यात्रु तथा सवारी साधन नियमित चेकजाँच गर्ने क्रममा राती १०ः०० बजे यात्रु सिटको माथि सामान राख्ने र्याकमा भिर्ने झोला भित्र लागु औषध फेला परेको हो ।
झोलामा नुर्फिन एक हजार पिस, फेनारगन एक हजार पिस र डाइजेपाम एक हजार पिस गरी जम्मा तीन हजार अवैध लागूऔषध फेला परेपछि आवश्यक अनुसन्धानका क्रममा नुनियालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ परेका नुनियालाई लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बारा पहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुुभयो ।






प्रतिक्रिया राख्नुहोस्