‘नवीकरणीय ऊर्जा कार्यक्रमहरु सरकारको उच्च प्राथमिकतामा’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
वैकल्पिक ऊर्जा विकास समितिको अध्यक्ष समेत रहनुभएका मन्त्री पुनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २४ औं वार्षिकोत्सवको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा सबैका लागि आधुनिक ऊर्जाको पहुंच पुर्याउन केन्द्रले जोड दिनुभयो ।
मन्त्री पुनले नवीकरणीय ऊर्जा प्रवद्र्धन र विस्तारका लागि प्रदेश सरकार, स्थानीय तह, विकास साझेदार, निजी क्षेत्र, गैरसरकारी संस्था, समुदाय तथा उपभोक्तासँग समन्वय र सहकार्यलाई आगामी दिनमा अझ बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्