तपाईँ सुन्दै हुनुहुन्छः

बायर्न म्युनिखका डेभिस सर्वाधिक मूल्यवान युवा फुटबल खेलाडी

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका लेफ्ट ब्याक अल्फान्सो डेभिस सर्वाधिक मूल्यवान युवा फुटबल खेलाडी बनेका छन् ।

फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको तथ्यांकअनुसार डेभिस सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये सर्वाधिक मूल्यवान खेलाडी बनेका हुन् । क्यानेडाका डेभिसको मूल्य १८०.४ मिलियन युरो रहेको छ । बोरुसिया डर्टमण्डका विंगर जाडोन सान्चोलाई पछि पार्दै डेभिस मूल्यवान युवा खेलाडी बनेका हुन् । इंग्ल्याण्डका फरवार्ड सान्चोको मूल्य १२५.६ मिलियन युरो रहेको छ ।

बार्सिलोनाका अन्सु फाती १२२.७ मिलियन युरो मूल्यसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button