तपाईँ सुन्दै हुनुहुन्छः

दस केजी गाँजासहित सिरहामा एक पक्राउ

लहान । प्रहरीले प्रतिवन्धित लागु औषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सिरहाको धनगढीमाई नपा–१४ भालुटार सखुवाचौरीबाट उत्तरबाट दक्षिणतर्फ आईरहेको को. ९ प २१९५ नम्रबको मोटरसाइकलमा सवार स्थानीय ३७ वर्षिय बुधबाहादुर तामाङ्गलाई १० केजी गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनलाई सोमवार बेलुका पक्राउ गरेपनि आज अपरान्ह मात्र सार्वजनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा राखेको सेतो बोराभित्र लुकाई छिपाई राखी ल्याउदै गरेको प्रतिवन्धत लागु औषध गाँजासहित तामाङ्गलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button